सुदूरपश्चिम सरकारले खर्च गर्न सकेन विनियोजित बजेट, २९ अर्बमा ४ अर्ब खर्च

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजित बजेट खर्च कमजोर रहेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार अर्थात् विनियोजित बजेट मध्ये ६ महिनाको अवधिमा ४ अर्ब ६१ करोड १६ लाख रुपैयाँ […]

बैंक तथा वित्तीय संस्थाको निक्षेप ६३ खर्बले नाघ्यो

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको कुल निक्षेप ६३ खर्ब रुपैयाँले नाघेको छ । । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय प्रणालीमा अहिले ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप कायम छ । आर्थिक मन्दीका कारण उपभोक्ता माग घटेपछि व्यापार व्यवसाय र उत्पादन क्षेत्रमा कम लगानी भइरहेको छ । यी क्षेत्रमा ऋणको माग पनि घटेर गएको छ । मानिसहरूले […]

प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइएको छ । संस्थापक सेयरधनीबाट ३५ दिन भित्र शेयर खरिद सम्बन्धी कुनै आवेदन नपरेमा संस्थापक शेयर धनीभन्दा बाहेकका व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने […]

२८ अर्ब ऋण लगानीमा बनेको पोखरा विमानस्थलको अध्ययन गर्न छानबिन समिति लाग्यो पोखरा

काठमाडौं । ऋणमा बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको अध्ययन तथा छानबिन गरिने भएको छ । सार्वजनिक लेखा समिति अन्तर्गत उपसमितिले पोखरा र भैरहवा विमानस्थल निर्माणको लागि छुटाछुट्टै दुई वटा उपसमिति निर्माण गरेको छ । नेकपा एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा र राप्रपा अध्यक्ष एवम् सांसद राजेन्द्र प्रसाद लिङ्देनको संयोजकत्वमा दुई वटा उपसमिति निर्माण गरिएको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको झण्डै ४७ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० […]

किसानले पाउन थाले प्रतिगोटा अन्डाको साढे १६ रुपैयाँ

चितवन । चितवनका किसानले पाँच वर्षपछि अन्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि […]

दोहोरो अंकले घट्यो सेयर बजार, झण्डै ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४२ अंकले घटेर ३५८.७५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२० वटा कम्पनीको ९१ लाख ७८ हजार ८ सय ९५ […]

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औं, १० औं र ११ औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको हो । शनिबार भएको निर्वाचनमा कुल ४ सय […]

लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।आईतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलन गर्दै वचतकर्ताहरुको बचत ठगी गरेको आरोपमा लालीगुराास सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख […]

झण्डै ७० हजार जना शेयरधनीलाई लाभांश रकम बुझन सानिमा हाइड्रोपावरको आग्रह

काठमाडौं । सानिमा माई हाडड्रोपावर लिमिटेडले आफना झण्डै ७० हजार जना शेयरधनीहरुलाई लाभांश रकम बुझन आग्रह गरेको छ । सानिमा शेयरधनीहरुले लाभांशवापत् करिब २ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म बुझन बाँकी रहेको हुदाँ उक्त रकम बुझन शेयरधनी समक्षा आग्रह गरेको हो । सानिमाले आफना शेयधनीहरुलाई विभिन्न साधारण सभाहरुबाट पारित भएको लाभांश रकम बुझनको भनेको […]