भारतबाट उद्योगका लागि १९ हजार मेट्रिक टन चिनी आयात खुल्ला

काठमाडौं । सरकारले औद्योगिक कच्चा पदार्थका लागि भारतबाट १९ हजार मेट्रिक टन चिनी आयात खुल्ला गरेको छ । सरकारले भारत सरकारले बिक्री गर्न लागेको चिनी मध्ये १९ हजार मेट्रिक टन चिनी नेपालका उद्योग तथा उद्योगीलाई दिन लागेको हो । भारतले नेपालमा बिक्री गर्न लागेको २५ हजार मेट्रिक टनबाट उक्त परिमाणको चिनी उद्योगलाई दिन लागिएको उद्योग, […]

वायु सेवा निगमले जाहज खरिद गर्दा लिएको ऋण तिरेन, ब्याज र जरिवाना गरी ४४ अर्ब आर्थिक भार निगममाथि 

काठमाडौं । नेपाल वायु सेवा निगमले हालसम्म एयरबस ३२० को दुई थान र एयरबस ३३० को एक थान जहाज खरिद गर्दा लिएको ऋण , ऋणको ब्याज र जरिवाना भुक्तानी गरेको छैन । निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई बुझाउनु पर्ने साँवा, ब्याज र जरिवानासमेत गरी कुल ४४ अर्ब २ करोड ३६ लाख ६८ […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार बढेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ । सोमबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटे सँगै सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार […]

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको ३५६०७४ कित्ता संस्थापक शेयर लिलाम बढाबढको आधारमा बिक्रिमा रहेको छ । सो संस्थापक शेयर खरिद गर्न चाहने खरिदकर्ताले २०८१ असार ४ गते देखि २०८१ असार ११ गतेभित्र बेष्ट फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौ, शाखा कार्यालयहरुःमिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ, वीरगञ्ज पर्सा र न्यूरोड पोखरा, नारायणगढ […]

‘Nepal all set to emerge as a Global Tech Hub’

Nepali Tech Entrepreneurs have said the country is all set to emerge as a global tech hub but needs support from the government and international agencies. Delivering a presentation on the theme “Nepal: An emerging global tech hub,” the president of Nepal Association for Software and IT Services Companies (NAS-IT), Richan Shrestha, said that over […]

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन स्थानीयको माग

काठमाडौं । जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्। करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ। तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन्। सेल्मे फलाम खानी ऐतिहासिक फलाम […]

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी […]

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न माताहतका निकायलाई निर्देशन दिएकी छिन्। मन्त्रालयमा आयोजित माताहतका निकाय प्रमुखहरुसँगको बैठकमा उनले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रुपान्तरणकारी परियोजनाको रुपमा अघि सारिएको उल्लेख गर्दै यसलाई बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिएकी हुन्। ‘सूचना […]

एक्सपिरियन्स टोयोटा २०८१ असार ५ बाट सुरु, १२ वर्षसम्मको बैंकिङ फाईनान्स

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा “एक्सपिरियन्स टोयोटा” आयोजना गरेको छ । २०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्स्योरेन्स, बैंकिङ सुबिधा (१२ वर्ष सम्म), […]

मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्। नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन गरेको […]