RE
Global College

बल्ल बन्ने भयो चिनियाँ लगानीमा त्रिशुली गल्छी

इक्विटी नेपाल – काठमाडौँ :
सिद्दकाली पावर लिमिटेडले निर्माण गर्ने तयारी गरिरहेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलबिद्युत आयोजना अब चिनियाँ लगानीमा बन्ने भएको छ।  पिपिए सम्पन्न भई प्रारम्भिक निर्माण समेत सुरु भई सकेको उक्त आयोजनामा लगानी गर्न आवश्यक पूँजी जम्मा हुननसक्दा कम्पनीले उक्त आयोजनाको क्षमता घत्येरा ३२ मेगावाट बनाउने प्रस्ताब गरेको थियो। 
प्रस्तावित आयोजना निर्माणका लागि आवश्यक लगानी जुटेकाले अब उक्त आयोजना पुर्व घोषित ७५ मेगावाट क्षमतामानै आयोजना निर्माण हुने कुरा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताएका छन् । 
कुल १७ अर्ब २६ करोडको लागतमा ३६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना अब ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन फाइनान्स (इपिसी–एफ) मोडलमा चिनियाँ कम्पनीले निर्माण गर्नेबारे प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।  कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेका अनुसार, ‘ठेक्का पाउने कम्पनीले पनि लगानी गर्नेछ ।’ आयोजनामा चिनियाँ कम्पनी सहित स्वदेशी बैंक पनि लगानी गर्न अग्रसर रहेको न्यौपानेले जानकारी दिए । 
NECO

Leave Your Comment

Related News