CLI

कैलाश हेलिकप्टरले थाल्यो व्यावसायिक उडान

इक्विटी नेपाल – काठमाडौँ :
फ्रान्स स्थित एयरबस कम्पनीदूरा निर्मित हेलिकप्टर एस ३५० बिथ्री सिरिजको हेलिकप्टर केहि समय अघि भित्राएको कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान संचालन अनुमति (एओसी) प्राप्त गरेको जनाएको छ ।
कम्पनीले चैत १० गते शनिबारबाट व्यावसायिक रुपमा सेवा प्रदान गर्ने आज विज्ञप्तिमार्फत जनाएको हो । कम्पनी संग रहेको एस ३५० बिथ्री सिरिजको हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्ने बताइएको छ। साथै निकट भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News