काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पुयाउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
नेको इन्सुरेन्स लिमिटेडले सरकारको प्राथमिकतामा रहेको कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा नेपाल बीमा प्राधिकरण र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग तथा पशु सेवा विभागका पदाधिकारीहरुसँग कृषि तथा पशुपन्छी बीमा सम्बन्धी कार्यक्रममको अन्तक्रिया सम्पन्न गरेको छ । कम्पनीले केही वर्ष अघि ‘नेकोको अभियान ( कृषिमा योगदान’ कार्यक्रम अन्तर्गत अभियानको रुपमा कृषि तथा पशुपन्छी बीमा कार्यक्रम संचालन गरेको थियो ।
नेपाल कृषि प्रधान देश भएकोले कृषकहरुको कृषि तथा पशुपन्छी बीमा गर्ने सन्दर्भमा आइपरेका समस्याहरुको वारेमा कम्पनीका कर्मचारीहरुले राखेको भोगाईको बारेमा बीमा प्राधिकरण र कृषि विभाग तथा पशुसेवा विभागका पदाधिकारीहरुले सो समस्या समाधानका उपायहरु प्रस्तुत गर्नु भएको थियो ।
कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षता र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । उनले नेको इन्स्योरेन्स कृषकहरुसँग जोडिन पाँउनु गौरवको विषय भएको बताए ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा.सुरज गुरुङ र बीमा प्राधिकरणका उपनिर्देशक निशा घिमिरेले कम्पनीबाट राखिएका विभिन्न जिज्ञासाहरुको जवाफ दिएका थिए ।


