इक्विटी नेपाल – काठमाडौँ :
अागामी अार्थिक वर्षका लागि सकारात्मक बजेट अाउने नअाउने अाशामा धुकचुक हुँदै बसेका लगानीकर्ताहरूलार्इ गएकाे जेष्ठ १५ गते प्रस्तुत गरिएकाे बजेटले पूँजीगत लाभकरमा अतिरिक्त ५० प्रतिशतकाे भार थपिदिए सँगै शेयर बजार लगातार अाेरालाे दिशामा छ । साथै यही जेष्ठ २० गतेबाट लागू हुने भन्दै बाेनस तथा हकप्रद वापतकाे शेयरमा पूँजीगत लाभकर गणनाकाे पुरानाे व्यवस्थालार्इ खारेजी गरी शेयरकाे अंकित मुल्यबाटै पूँजीगत लाभकर गणना गर्नुपर्ने अान्तरिक राजस्व कार्यालयकाे पत्र पश्चात अाज बजारमा थप दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
यसै सन्दर्भमा बजेट प्रस्तुत भए यता विभिन्न सञ्चार माध्यममा हालकाे पूँजीगत लाभकर तिरेपश्चात अतिरिक्त केही तिर्नु नपर्ने किसिमका समाचारहरू प्रस्तुत भएपश्चात के साँच्चै याे पूँजीगत लाभकर अन्तिम कर नै हाे त भनेर हेर्दा, अार्थिक विधेयक २०७५/७६ ले अायकर एेन २०५८ मा संशाेधन गर्दै दफा २ काे खण्ड (ढ)काे उपखण्ड (२) मा अग्रीम कर कट्टीलार्इ परिभाषित गर्नुका साथै दफा ९५ (क) मा भएकाे व्यवस्था बमाेजिम अग्रीम कर असुल गर्ने भनेर प्रष्टसँग याे अग्रीम कर हाे भनेर लेखेकाे पाइन्छ। हेराैं तल तस्वीरमा ः
यस्तै अन्य दस्तावेजहरू हेर्ने क्रममा अान्तरिक राजस्व कार्यालयकाे वेवसाइटमा राखिएकाे “शेयर, जग्गा र घरजग्गामा पूँजीगत लाभ” शिर्षककाे फाइल हेर्दा त्यहाँ उल्लेखित प्रश्न नं. ७ मा प्रष्टसँग यस्ताे लेखेकाे पाइयाे । हेराैं तस्वीरमा तलः
यी कानूनी दस्तावेजहरूबाट के प्रष्ट हुन सकिन्छ भने पूँजीगत लाभकर अन्तिम कर हाेइन । अग्रीम कर हाे ।
त्यसाे भए लगानीकर्तालार्इ करकाे भार कम गर्ने उपाय के त ?
सम्बन्धित करदाताले वार्षिक अाय विवरणका साथ अग्रीम कर तिरेकाे विवरणलार्इ पेश गरी शेयर काराेबार गर्दा भएकाे घाटा तथा अन्य लगानी अायलार्इ समेत दाबी गरी हिसाब मिलान गर्न मिल्ने व्यवस्था समेत अायकर एेनले गरेकाे छ । उक्त फाइलमा पूँजीगत घाटा भएमा मिलान गर्न मिल्ने वा नमिल्ने लगायतका विषयमा प्रष्ट पार्दै भनिएकाे छ – “पूँजीगत घाटालाई अगामी कारोवारमा पूँजीगत आय/लाभमा मात्र मिलान गर्न पाइन्छ । तर यस्तो नोक्सानी रोजगारी वा व्यवसायको आयमा मिलान गर्न पाइदैन ।”
यसरी दाबी गर्नका लागि अाफूले तिरेकाे पूँजीगत लाभकरकाे प्रमाण हुन जरूरी हुन्छ । यस्ताे प्रमाणका लागि आफुले जहाँ कर तिरेको हो सोही कार्यालय, निकाय वा शेयर काराेबारकाे वापतकाे पूँजीगत लाभकरकाे प्रमाण नेपाल स्टक एक्चेन्जबाट प्राप्त हुन्छ ।
साे दस्तावेजमा थप भनिएकाे छ – “पूँजीगत लाभ हुने व्यक्तिले अन्य करदाता झैं आय विवरण पेश गरी कर तिर्नु पर्दछ र अग्रिम दाखिला भएको कर मिलान गर्न वा नोक्सानी भएको भए नोक्सानी दावी गर्न पाउँदछ ।” तसर्थ लगानीकर्ता अाफैं सचेत भर्इ कर व्यवस्थापन गर्न जानेमा अागामी दिनमा शेयरमा भएकाे घाटालार्इ समेत समायाेजन गर्न सकिनेछ । र, यस्तरी अग्रीम रूपमा तिरेकाे करलार्इ अागामी काराेबारमा पूँजीगत अाय/लाभमा मिलान गर्न सकिनेछ ।
तपार्इंले अग्रीम कर वापत बढी कर तिर्नुभएकाे छ ?
यदि तपार्इले अग्रीम कर तिर्दा साे सालभरी तिर्नुपर्ने अायकर भार भन्दा बढीकाे अग्रीम कर तिर्नुभएकाे छ भने त्यस्ताे बढी तिरेकाे करलार्इ फिर्ता पाउने पनि व्यवस्था अायकर एेन, २०५८ ले गरेकाे छ । अायकर फिर्ता पाउने सम्बन्धि वेवसाइटमा राखिएकाे अर्काे दस्तावेजमा कुनै व्यक्तिले आफुले दाखिला गर्नुृपर्ने कर दायित्व भन्दा बढि हुने गरि कर दाखिला गरेमा र तिर्नु पर्ने कुनै कर बाँकी वक्यौता नरहेमा बढि दाखिला गरेको रकम फिर्ता हुने व्यवस्था समेत रहेकाे जानकारी दिएकाे छ । त्यस्ताे अायकर फिर्ताकाे लागि कर दाखिला मितिले दुइ वर्ष भित्र फिर्ता माग गर्नुपर्ने हुन्छ । यस्ताे अायकर फिर्ताकाे लािग करदाताले बढि दाखिला गरेकाे पुष्टि हुने कागजात सिहत सम्बन्धित कर कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । सबै कागजात जाँच भएर बढि अायकर तिरेकाे पुष्टि भएमा ६० दिनभित्र यस्ताे बढि तिरेकाे कर फिर्ता पाउन सकिन्छ ।
प्रकशित मिति : २०७५ जेष्ठ २१ गते ०७:००