RE
Global College

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल-जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याउनुभयो। प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरिन्।

NECO

Leave Your Comment

Related News