Global College

सर्वोत्तम पेन्ट्सको ४२ हजार ५०० कित्ता शेयरको लकइन अवधि पुस १० गते सकिँदै

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण शेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ।

कम्पनीले मंसिर १० गते सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको शेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।

कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ। जसमध्ये २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको थियो। उक्त शेयरको लकइन अवधि सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले छ महिनासम्म कायम रहने व्यवस्था थियो।

कम्पनीका अनुसार उक्त शेयरको लकइन अवधि २०८३ पुस १० गते समाप्त हुनेछ। लकइन अवधि समाप्त भएपछि सम्बन्धित शेयर कारोबारका लागि योग्य हुनेछन्।

NECO

Leave Your Comment

Related News