CLI

अन्तर बैंक भुक्तानी प्रणालीःभुक्तानीकाे नयाँ स्वरूप । के शेयर काराेबारमा समेत गर्न सकिएला यसकाे प्रयाेग ??



इक्विटी नेपाल – काठमाडौँ :

अाजकाे वर्तमान समयमा हामी बैंक खाता बिनाकाे जीवन सायदै कल्पना गर्न सक्छाैं । त्यसैभएर अार्थिक वर्ष २०७५र७६ भित्रमा ६ लाख जति बैंक खाता खाेल्ने लक्ष्य सरकारले राखेकाे छ । यसका साथै सरकारले सबैखाले भुक्तानीहरूलार्इ बैंकमार्फत गर्न अाह्वान गरेकाे छ भने संस्थान तथा कम्पनीहरूलार्इ अाफ्ना सबै कर्मचारीहरूलार्इ तलब भुक्तान गर्दा बैंक खातामार्फत नै भुक्तान गर्नुपर्ने बताएकाे छ । अागामी अार्थिक वर्षकाे बजेट भाषणमा सरकारले साे कुरा बताएकाे छ ।

अन्तर बैंक भुक्तानी प्रणाली

एउटा बैंकमा रहेकाे पैशालार्इ अर्काे बैंकमा भुक्तान गर्नुपर्दा केही पहिलेसम्म निक्कै कठिन थियाे । तर २०७३ भदाै १ यता शुरू भएकाे अन्तर बैंक भुक्तानी प्रणालीले याे समस्याकाे हल लिएर अाएकाे छ । नेपाल क्लियरिंग हाउस लिमिटेड नामक कम्पनीले राष्ट्र बैंकमार्फत अनुमति लिर्इ याे सेवाकाे थालनी गरेपश्चात चेकमार्फत गरिने भुक्तानीकाे राफसाफ तथा अन्तर बैंक भुक्तानी प्रणाालीमार्फत गरिने भुक्तानीका लागि साे सेवासँग अावद्ध हुने बैंक वित्तियसंस्थाकाे संख्या बढ्दाे छ ।  यस अघि अन्तर बैंक भुक्तानीकाे व्यवस्था थिएन । केवल चेकमार्फत भुक्तानी हुने व्यवस्था थियाे र यस्ताे भुक्तानीकाे राफसाफ राष्ट्र बैंक अाफैंले गर्ने गर्दथ्याे ।
अन्तर बैंक भुक्तानी प्रणालीमा अाबद्ध भएका बैंक तथा वित्तिय संस्थामार्फत सिधै एक बैंकबाट अर्काे बैंकमा भुक्तानी गर्ने सुविधा उपलव्ध रहेकाे हुन्छ । यसका लागि ति बैंक तथा वित्तिय संस्थाले अनलार्इन बैंकिंग वा माेबाइल बैंकिंग सुविधामार्फत यस्ताे सुविधा उपलब्ध गराउन सक्दछन् । जसमा अाफूले कुन बैंकबाट तथा कसकाे खाताबाट पैसा कुन बैंकमा कसलार्इ पठाउन लागेकाे हाे जस्ता विवरणहरू भर्नुपर्ने हुन्छ । अन्तर बैंक प्रणाालीमा अावद्ध भएतापनि केही बैंक वित्तिय संस्था छाडेर धेरै बैंक तथा वित्तियसंस्थाहरूले यसरी अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था भने मिलाइसकेका छैनन् ।
यसरी भुक्तानी भएकाे रकमकाे सेटलमेन्टका लागि एनसिएचएलले दैनिक ६ वटा समय राफसाफका लागि ताेकेकाे छ । जसबाट एक ग्राहकले अाफ्नाे बैंकबाट अर्काे ग्राहकलार्इ अर्कै बैंकमा पैशा पठाउने देखि लिएर राजस्व तथा विजुली भुक्तानी, रेमिट्यान्स भुक्तानी, डिभिडेन्ड भुक्तानी, अाइपिअाे फिर्ता, तलब भुक्तानी, इन्सुरेन्स तथा विभिन्न किस्ता भुक्तानी लगायत १४ वटा भन्दा बढी क्षेत्रमा भुक्तानी गर्न सकिने व्यवस्था रहेकाे छ ।
यसरी सबै किसिमका भुक्तानीका लागि एकै ठाउँमा राखेर सेटलमेन्ट गर्ने प्रणालीकाे शुरूवात भएसँगै अब संस्थागत तथा व्यक्तिगत ग्राहकहरूले पनि एनसिएचएलसँग सदस्य रहेकाे कुनै पनि बैंकमा खाता खाेलेमा सहजै भुक्तानी गर्ने सकिने व्यवस्था रहेकाे देखिन्छ ।

शेयर काराेबारमा यसकाे प्रयाेग गर्न सकिएला त ? 

पूर्ण क्षमताकाे स्वचालित अनलाइन प्रणाली लागू गर्ने मिति नजिकिँदै गर्दा राफसाफ तथा भुक्तानी प्रणाली व्यवस्थापनका लागि नेपाल स्टक एक्सचेन्ज तथा सिडिएससिले समेत यस प्रणालीमा अावद्ध भर्इ भुक्तानी लिने तथा दिने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसाे हुन सकेमा हालका ३ वटा क्लियरिंग बैंकमार्फत मात्रै भुक्तानी लेनदेनका कारण खुम्चिएकाे बजार पहुँच थप फराकिलाे भर्इ याे प्रणालीकाे सदस्य रहेकाे कुनै पनि बैंक तथा वित्तिय संस्थामार्फत काराेबार  गर्न मिल्ने हुन जान्छ । यस हुन सकेमा कुनै पनि बैंक तथा वित्तिय संस्थामार्फत भुक्तानी लिनदिन सजिलाे हुनुका साथै काराेबारकाे राफसाफ समेत थप छरिताे हुन सक्छ । 

अब १ लाखसम्मकाे सिधै भुक्तानी कुनै पनि बैंकबाट कुनै पनि बैंकमा 

यसका साथै एनसिएचएलले १ लाख सम्मकाे लिमिट रहने गरी ग्राहकले सिधै अाफ्नाे बैंकबाट अर्काे कुनै पनि बैंककाे खातामा पैशा ट्रान्सफर गर्न मिल्ने व्यवस्था गरेकाे छ । यसका लागि पठाउने तथा पाउने बैंक दुवै एनसिएचलकाे सदस्य रहेकाे हुनुपर्दछ । यसका लागि ग्राहकले एनसिएचलकाे साइटमा गएर प्राेडक्ट तथा सर्भिसेज अन्तरगतकाे मेनुमा उपलब्ध रहेकाे कनेक्ट अाइपिएस इपेमेन्टमा रजिस्टर हुनु पर्नेछ ।  याे प्रणालीबाट पठाएकाे पैशा अन्तर बैंक भुक्तानी प्रणाली अन्तरगत नै राफसाफ हुने व्यवस्था एनसिएचएलले गरेकाे छ ।
याे प्रणालीलार्इ शेयर काराेबारमा लाग्ने लगानीकर्ताकाे लागि उनीहरूकाे अावश्यकता बमाेजिम निजकाे दलालकाे सिफारिसमा यस्ताे लिमिट थप गर्न नेपाल स्टक एक्सचेन्जले पहल गरिदिएमा यसले अागामी दिनमा शेयरकाे काराेबारमा चेक मार्फत हुने राफसाफलार्इ थप छरिताे तथा व्यवस्थित बनाउने देखिन्छ ।

अन्य वालेट पेमेन्ट सेवा

यसबाहेक पनि हाल इसेवा, खल्ती, अाइपे, अाइएमइ पे जस्ता वालेट सेवामा अाधारित रहेर विभिन्न युटिलिटि सेवा तथा अन्य भुक्तानीका लागि सेवा प्रदान गर्ने संस्थाहरू कार्यरत रहेकाछन् । यि वालेटमा अाधारित पेमेन्ट सेवामार्फत पनि हाल अाफ्नाे बैंक खातामा रहेकाे पैसा यि मध्ये कुनै पनि वालेटमा अनलाइनबाट ट्रान्सफर गरी साे मार्फत विभिन्न सेवाहरूकाे खरिदमा तथा नेपाली अनलाइट साइटमा गरिने खरिदमा भुक्तानीकाे लागि प्रयाेग गर्न सकिन्छ ।

यस्ता किसिमका अनलाइन भुक्तानीका नयाँ स्वरूपले डिजिटल भुक्तानीमा जाेड दिँदै नगद तथा चेकमार्फत हुने भुक्तानी कम गर्न तथा लेनदेनमा पारदरर्शिता कायम गर्न सघाउ पुर्याउने देखिन्छ । 

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते 

Leave Your Comment

Related News