तिनजुरे, मिल्के र जलजलको लोभलग्दो लालीगुराँस, ७ तस्बिरमा हेर्नुहोस्

Prabhu

तेह्रथुम। लालीगुराँसको राजधानी मानिने तेह्रथुमको तिनजुर, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँसले भरिएको छ । लालिगुराँस फुलेपछि तिनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्र पुरै रंगिएर सबैको मन लोभ्याउन सफल भएको छ । जसले गर्दा उक्त क्षेत्रमा पर्यटक आर्कषित हुन थालेका छन् ।

विश्वमा पाइने ३५ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका गुराँस यस क्षेत्रमा पाइने हुनाले यस क्षेत्रलाइ गुराँस को राजधानी भनिएको हो ।
बसन्तपुर देखि सुरु हुदै आर आर गार्डेन, तिनजुरे, चौकी बजार, मंगलबारे, गुफा पोखरी हुदै तिनजुरे–मिल्के र जलजले क्षेत्रमा यस सिजनमा पर्यटक को घुइचो नै लाग्ने गरेको छ ।
ट्रेकिङको आनन्द लिदै वा ड्राइभिङ गर्दै, प्रकृति संग रम्दै झुम्दै, मकालु, कन्चनजंघा, कुम्भकर्ण लगायतका  हिम श्रृंखलाकोहरूको दृश्यबलोकन गर्दै यस क्षेत्रको भ्रमण गर्न सकिने स्थानीयहरु बताउछन् । गुराँस खान पनि मिल्ने , औषधि गुणयुक्त गुराँस हेर्दा मन नै प्रफुल्लीत र आनन्द हुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार