नेपालमा दर्ता भयो इनड्राइभ, चालकले १० प्रतिशत कमिसन तिर्नुपर्ने

Prabhu

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभ नेपालमा उद्योगको रुपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभ उद्योगको रुपमा दर्ता भएको हो ।कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ राइडले यातायात सेवामा प्रतिस्पर्धा गर्न लागेको हो ।

इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्ने बताएको छ। नेपालमा चालक र यात्रु दुबैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १० प्रतिशत सम्म कमिशन शुल्क लागू गर्ने पक्षमा रहेको छ ।

पिपुल–टु– पिपुल मोडेल र ह्युमन डिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्‌दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ । यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ ।

इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि ऑफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु रहेको बताइन् । उनले भनिन् ‘इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौं ।’

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भने, ‘नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहांको राइड हेलिड उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रा प्रयोगकर्ताहरूलाई निर्वाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्टनरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौं ।’ कम्पनीको कार्यालय हात्तिसार काठमाडौँमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार