सूर्यकुण्ड हाइड्रोलाई आईपीओ निष्कासन स्वीकृति

Prabhu

काठमाडौं । विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो ।

प्राथमिक सेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । सेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका सेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्सिमिसन लाईनबाट ने.वि.प्राको समुन्द्रटार सबस्टेशनमा जडान गरि काठमाडौंको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्पाधुनिक मसिन जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार