शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवस्थामा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ९ दशमलव  ८९ प्रतिशले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो ।

बिक्री आम्दानी बढेपनि बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो । चैत मसान्तसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ दशमलव ९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३ दशमलव ६४ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४९  प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको खर्च समीक्षा अवधिमा ६ दशमलव ८४ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८५ पैसा घटेर ५ रुपैयाँ ४२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४ दशमलव  ४६ गुणा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार