सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नाफा ऋणात्मक अवस्थामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा क्रणात्मक रहेको हो ।

चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिक्री आम्दानी घटेका कारण कम्पनी नोक्सानीमा पुगेको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८०.२२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९९.३९ प्रतिशत घटेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार