७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा निक्षेप

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७ दशमलव २ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ७ दशमलव २ प्रतिशतले बढेको हो । यो सँगै बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप रकम ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३ खर्ब ५५ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती , बचत र मद्दती निक्षेपको अंश क्रमशः ५ दशमलव २ प्रतिशत, २९ दशमलव १ प्रतिशत र ५८ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो अंश क्रमशः ८ प्रतिशत, २५ दशमलव ७ प्रतिशत र ६० दशमलव १ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तमा र्बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव ३ प्रतिशत रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार