‘कृषिमा लगानी दशक’ घोषणा

काठमाडौं । सरकारले आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी एक दशकलाई कृषि लगानी दशक घोषणा गर्ने जानकारी गराएका हुन् ।
उनले हिउँदेबाली खेती, खाद्यान्न र तरकारीमा आत्मनिर्भर, कृषिजन्य वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने नीति सरकारले लिने जानकारी गराएका हुन् । साथै, सार्वजनिक र निजी क्षेत्र मिलेर उचित भण्डारणको व्यवस्था समेत गरिने जानकारी गराएका छन् ।
प्रारङ्गारिक मल उत्पादनलाई प्राथमिकता दिइने राष्ट्रपति पौडेलको भनाइ छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार