बैंकहरुलाई सेयर किनबेचमा कडाइ

Garima_Business-Loan3

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई उनीहरुले लगानी गरेका कम्पनीहरुको सेयर बिक्री गर्न कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् बैंकहरुलाई सेयर किनबेचमा कडाइ गरेको हो ।

यस अनुसार अब कुनै बैंक वित्तीय संस्थाले कुनै कम्पनीमा लगानी गरेको १ वर्ष बितिसकेको छ भने पनि एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतमात्र बेच्न पाउनेछ ।

राष्ट्र बैंकले २०७८ जेठमा सेयर किनबेच गर्ने बैंकहरुलाई आफूले लगानी गरेको १ वर्षसम्म सेयर बेच्न नपाउने व्यवस्था गरेको थियो । तर, वर्षदिन पुगेपछि उनीहरुले सबै सेयर बेच्न पाउँथे । अब भने १ वर्ष बितिसकेको छ भने पनि प्राथमिक पुँजीको २० प्रतिशतमात्र बेच्न पाउने व्यवस्था पाउनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार