RE
Global College

परिपक्व भइसकेको नागरिक र वैदेशिक रोजगार बचतपत्रको साँवा र ब्याज लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई बाँकी रहेको ब्याज र साँवा रकम यथाशीघ्र लिन आग्रह गरेको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका यी बचतपत्रका कतिपय धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भइसकेको साँवा तथा आर्जित ब्याज रकम अझै नलिएको पाइएको छ।

सूचनामा सम्बन्धित सबै बचतपत्रधनीलाई उक्त रकम भुक्तानी लिन ढिलाइ नगरी मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

NECO

Leave Your Comment

Related News