हाइड्रो व्यवसायीको संस्था इप्पानले आफ्नै भवन बनाउने, खडा गर्यो कोष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आफ्नो कार्यालय भवन बनाउने भएको छ । यसका लागि इप्पानले जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ ।

शुक्रबार काठमाडौमा भएको इप्पानको २२औँ साधारणसभाबाट कोष स्थापनाको निर्णय भएको हो । इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तका अनुसार २ वटा कोष बनाइएको छ । नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष बनाइएको कोषाध्यक्ष पन्तले जानकारी दिएका छन् ।

इप्पानले आगामी ५ वर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्य लिएको छ । जग्गा खरिद तथा भवन निर्माण कोषका लागि चाँडै नै कार्यविधि बनाइने र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष उनको भनाइ छ ।

भवन निर्माणका लागि इप्पानका पूर्व अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले दिएको २ लाख तथा अन्य स्रोतबाट घोषणा भएको ३४ लाख रकम सोही कोषमा राखिने जनाइएको छ ।

भवन निर्माणका साधारणसभाकै क्रममा इप्पानका सदस्य कूबेरमणी नेपालले आफ्नो जलविद्युत कम्पनीको तर्फबाट २ लाख, नविन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत कम्पनीबाट २ लाख र टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट १ लाख सहयोगको घोषणा गरिसकेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार