करिब ७ हजार उद्योग स्थापनाका लागि झण्डै ५ खर्ब लगानी प्रतिवद्धता

काठमाडौं ।  विदेशी लगानीकर्ताहरुले नेपालमा ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसायका लागि झण्डै ५ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु मार्फत् ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसाय स्थापना वा सञ्चालनका लागि ४ खर्ब ९१ अर्ब ३५ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएका छन् । उनीहरुले ३ लाख २७ हजार ३ सय ३२ जनालाई रोजगारी सहित उक्त लगानी प्रतिवद्धता जनाएको विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंह धामीले इक्विटी नेपाललाई बताए ।

निर्देशक धामीले नेपालमा विदेशी लगानीकर्ताको एक किसिमको आर्कषण रहेको बताउँदै लगानी निरन्तर आउने गरेको बताए ।‘ नेपालमा चीन र भारत लगायतका मुलुकका लगानीकर्ताहरुको आकर्षण रहेको छ,’ उनले इक्विटी नेपालसँग भने,‘ सीमा जोडिएको अर्थात् नजिक भएको हुनाले गर्दा पनि छिमेकी मुलुकका लगानी कर्ता आउने गरेका छन् भने नेपालमा लगानी गरी उनीहरुले मुनाफा समेत लैजोन गर्दा लगानीलाई निरन्तरता समेत दिएका हुन्।’

त्यस्तै, विभागले चालु आर्थिक वर्षको नौ महिनामा ४१ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । निर्देशक धामीका अनुसार उक्त लगानी प्रतिवद्धता ३ सय ७ वटा उद्योग र १७ हजार २ सय ३४ जनालाई रोजगारी सहित आएको हो । लगानी प्रतिवद्धता आएको मध्ये २ सय ९० वटा साना , १३ वटा मझौला र ४ वटा ठूला उद्योगका लागि हो ।
वैशाखमा मात्रै भने ११ अर्ब २८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उक्त लगानी प्रतिवद्धत ३८ वटा उद्योग तथा व्यवसाय र १ हजार ७ सय ३४ वटा उद्योगका लागि हो । उक्त लगानी प्रतिवद्धता ३७ वटा साना र १ वटा ठूला उद्योगका लागि आएको निर्देशक धामीले बताए । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । उनीहरुले ती छ प्रकारका उद्योगमा लगानी गरेका हुन् ।

स्वदेशी लगानीकर्ताहरुले औद्योगिक व्यावसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाउँछन् । त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, राष्टिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी नीति, २०७१ , औद्योगिक नीति, २०७६ , कम्पनी ऐन, २०६३ लगायतले नेपालमा उद्योग स्थापना तथा लगानी ल्याउन सहयोग गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार