सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको लगानी

काठमाडौं । ललितपुरको दक्षिणि क्षेत्र  र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण हुने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको अगुवाईमा सहवित्तियकरणमा लगानी हुने  भएको छ । सो सम्बन्धमा सुपर बागमती हाइड्रोपावर र बैङ्कको बीचमा सम्प भएको छ ।

आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

सुपर बागमती हाइड्रोपावरले विधुत  विकास विभागबाट आयोजना निर्माणको लागि विधुत उत्पादनको अनुमति पत्र लिई सकेको छ भने नेपाल विधुत प्राधिकरणसँग विधुत खरिद बिक्री सम्झौता गरिसकेको छ । यो  कम्पनीको प्रबर्धकमा  एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि र ए.एन.के कन्स्ट्रकशन रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रबर्धक संस्थापकहरुको लगानी रहने छ ।

सो परियोजनामा लक्ष्मी सनराईज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह-अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार