श्रीराम चिनी मिल्सको समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । रौतहटस्थित श्रीराम चिनी मिलको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । बन्द अवस्थामा रहेको श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित भएको त्रिपक्षीय छलफलपछि ५ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा चिनी मिलका तर्फबाट हितेश गोल्छा र विशाल अग्रवाल, किसान सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार यादव तथा मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख रहेका छन् ।

मन्त्री भण्डारीले बजेट अगाडि सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि ठोस योजना ल्याउन आग्रह गरेका छन् ।

छलफलमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सांसद विनादेवी साहलगायतले बन्द उद्योग सञ्चालन गर्नका लागि मन्त्री भण्डारीलाई मन्त्रालयका तर्फबाट आवश्यक पहलकदमीका लागि आग्रह गरेका छन् ।

विसं २०४९ सालमा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द अवस्थामा रहेको छ । झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गरेका छन् । जग्गाको भने लिलाम हुन सकेको छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार