बोटलर्स नेपालले कमायो २६ करोड नाफा

काठमाडौं ।  बोटलर्स नेपाल (तराई) ले २६ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सो अवधिमा २६ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा कमाएको बताएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.५८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३६ करोड १० लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो त्रैमासमा सञ्चालन मुनाफा भने ४८ करोड ६७ लाख ५७ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७.३३ प्रतिशत अर्थात् १० करोड २० लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५८ करोड ८८ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल सम्पत्ति समेत १० अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यो सँगै गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको कुल सम्पत्तिमा १.६६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीको कुल सम्पत्ति १० अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । कम्पनीको बजार शेयर मूल्य १२ हजार ७ सय २ रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी २ सय १६ रुपैयाँ रहेको छ ।

बोटलर्स नेपाल (तराई) र अभिभावक कम्पनी बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डको पेय पदार्थ उत्पादन तथा बिक्री गर्ने नेपालका लागि आधिकारिक बिक्रेता हुन्। बोटलर्स नेपाल (तराई) ले काठमाडौं उपत्यका बाहेक नेपालका अन्य क्षेत्रमा आफ्नो उत्पादन बिक्री गर्दै आइरहेको छ। कठमाडौंमा व्यापार गर्ने अभिभावक बोटलर्स नेपालसँग मात्र छ। कम्पनीको ९१ सेयर बोटलर्स नेपालसँग छ भने बाँकी ९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणसँग छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार