विद्युत नियमन आयोगको अध्यक्षको लागि ८ जनाको आवेदन

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षका लागि आठ जनाले आवेदन परेको छ  । आयोग अध्यक्षका लागि अन्तिम दिनसम्म ८ जनाको आवेदन परेको छ  ।

आयोगको अध्यक्षमा आवेदन दिनेहरुमा निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा रामप्रसाद धिताल, मोतिबहादुर बँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह साउद, अर्जुनजंग थापा र कुशेश्वरप्रसाद साहले आबेदन दिएका छन् ।

त्यस्तै सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाईं, डा मधुसूदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिएका छन् ।

आयोगको अध्यक्षमा आवेदन दिएका केही आबेदकले सदस्य पदका लागि पनि आवेदन दिएका छन् ।

उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयले सो पदहरुमा गत वैशाख २६ गते १५ दिनभित्र सार्वजनिक सूचना मार्फत आबेदन माग गरको थियो  । सूचनाअनुसार, एक अध्यक्ष र तीन सदस्यका लागि आवेदन माग भएको हो । बिधुत नियमन आयोग मुलुकको ऊर्जा क्षेत्रको नियमन गर्ने आयोग हो  । आयोगका अध्यक्ष र सदस्यको कार्याअवधि पाँच वर्षको हुनेछ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार