बजेटको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । बजेट आउन दुई दिनको समय बाँकी हुदाँ सेयर बजारमा दोहोरो अंकको गिरवाट आएको छ ।साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २२.१४ अंकले घटेर २ हजार १ सय ९.३४ विन्दुमा पुगेर बन्द भएको छ । गत साताको अन्तिम दिन बुधबार भने नेप्से परिसूचक १५.५४ अंकले बढेर २ हजार १ सय ३१.४९ विन्दुमा पुगेर बन्द भएको थियो ।

आइतबार ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.४४ अंकले घटेर ३ सय ७९.२३ विन्दुमा पुगेको छ ।
आइतबार कुल ३ सय १५ कम्पनीको १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर ७० हजार ५ सय ८६ पटक कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँ रहन पुग्यो ।

आइतबार बजार पुँजीकरण भने ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ रह्यो ।

आइतबार २९ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने २ सय १५ जटा कम्पनीको मुल्य घट्यो र ३ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
आइतबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण २ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ११ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । होटल र पर्यटन १ सय ७७.६४ र म्युअुचल फण्ड ०.०३ अकंले बढ्ेको छ । त्यस्तै, बैकिङ १०.४९, विकास बैंक ४८.६४, फाइनान्स ४७.४१, जलविघुुुत ४०.७६, लगानी १.०८,जीवन बीमा ८३.४५, उत्पादन ५६.३८, माइक्रोफाइनान्स ८१.६९, निर्जिबन बिमा १ सय ११.४०, व्यापार ३४.२३ र अन्य १४.८५ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेनस, सिइडीबी हाइड्रो, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नबिल बैंक र सोल्टी होटल रहे । आइतबार आइएमई लाइफ इन्स्योरेनसको १५ करोड ६६ लाख रुपैयाँ, सिइडीबी हाइड्रोकोे १५ करोड ३१ लाख रुपैयाँ, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १४ करोड ८१ लाख रुपैयाँ , नबिल बैंकको १३ करोड ४ लाख रुपैयाँ र सोल्टी होटलको १० करोड १ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार सबैभन्दा बढी कमाउनेमा कालिन्चोक दर्शन, सिटी होटल लिमिटेड, सनराइज बुलुचिप फण्ड, बुद्धभमि नेपाल हाइड्रो कम्पनी र बाराही हाइड्रो रहे भने सबैभन्दा बढी गुमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, भगवती हाइड्रोपवार , गणपति लघुवित्त वित्तीय संस्था र गुजेश्वरी मर्चेचन्ट बैंक र फाइनान्स कम्पनी रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार