रेमल’ चक्रवातको नेपालमा पनि प्रभाब पर्ने

काठमाडौं ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली २५ मे, २०२४ (१२ जेठ २०८१) गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवात (Severe Cyclonic Storm) को रुपमा रहेको छ । उक्त चक्रवातको नाम “रेमल” (“Remal”) नामाङ्कन गरिएको छ। उक्त चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटिय क्षेत्रिय तर्फ अगाडि बढिरहेको देखिन्छ।

उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली “रेमल” चक्रवात आज राती बंगलादेश र पश्चिम बंगाल आसपसको तटिय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

पालको सन्दर्भमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेतापनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार नेपालको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्ण बदली रहनेछ ।

कोशी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र  एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराईका भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

बागमती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

गण्डकी प्रदेशको केही स्थानहरू मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र  एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

बाँकी प्रदेशको मौसम पूर्वानुमान र ‘रेमल’ चक्रवातको अद्यावधिक जानकारीको लागि  यस महाशाखाबाट जारी हुने दैनिक मौसम पूर्वानुमान बुलेटिन हेर्नु हुन सम्पूर्णलाई अनुरोध छ।

तसर्थ, सोमबार र मंगलबार दैनिक जन-जीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायात लगायत क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला लाई सचेत रहन मौसमपुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार