नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्यमा दिनेश लाल श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

उनी बिहीबार सम्पन्न नवौं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा  निर्वाचित भएका हुन् ।  नेपाल रिको सञ्चालक समितिमा राष्ट्रिय बीमा कम्पनीबाट प्रतिनिधित्व गरेका शेखर बरालले राजीनामा दिएपछि संस्थापक शेयर धनी समूहतर्फको एकवटा सदस्य पद खालि रहेको थियो ।

उनी जीवन बीमक संघ नेपालका कोषाध्यक्ष समेत हुन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार