CLI

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले जारी गर्यो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि निर्देशन (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरेको छ । राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीले अब हायर पर्चेज कर्जा लिने व्यक्तिको विवरण ‘गो एमएल’मार्फत राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा बुझाउनुपर्नेछ ।

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले जारी गरेको यो पहिलो निर्देशन हो । जस अनुसार अब एकै पटक वा पटक–पटक गरी एक आर्थिक वर्षमा कुनै ग्राहकले ३० लाख वा सोभन्दा बढी रकमको हायर
पर्चेज कर्जा लिएमा, वा एकै पटक वा पटक–पटक गरी एक दिनमा कुनै एक ग्राहकले रु.१० लाख वा सोभन्दा बढी रकम भुक्तानी गरेमा कारोबार भएको १५ दिनभित्र ‘गो एमएल’मार्फत राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा यसको जानकारी बुझाउनुपर्नेछ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ मा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न जरुरी देखिएको हुँदा नयाँ निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाः

Leave Your Comment

Related News