CLI
Global College

सञ्चालनमा आएको दुई सातामा स्वचालित मार्गबाट २ अर्ब १५ करोडको लगानी प्रतिवद्धता

काठमाडौं । स्वचालित मार्ग सञ्चालनमा आएको १४ दिनको समयमा २ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । सरकारले विदेशी लगानीलाई प्राथमिकतामा राखेर स्वचालित मार्ग सञ्चालनमा ल्याएसँगं वैशाख महिनामा २१ वटा उद्योग तथा व्यवसायका लागि २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका निर्देशक शंकरसिंह धामीले वैशाख १७ गतेदेखि विदेशी लगानीको लागि स्वचालित मार्ग सञ्चालनमा ल्याए सँगै उक्त लगानी प्रतिवद्धता आएको इक्विटी नेपाललाई बताए । उनले वैशाख १६ र १७ गते चलेको तेस्रो लगानी सम्मेलन २०२४ लाई लक्षित गरी स्वचालित मार्ग सञ्चालनमा ल्याए सँगै उक्त मात्रामा उद्योग तथा व्यवसायी र लगानी प्रतिवद्धता रकम आएको बताए ।

स्वचालित मार्गबाट कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने गरी शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशमा लगानीमा संस्थापन भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्ग मार्फत निवेदन दिई स्वतः स्वीकृति प्राप्त गर्न सकिने व्यवस्था गरिएको थियो । सोहि अनुरुप नै स्वचालित मार्ग सञ्चालन भएको बताइएको छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागु गरिएको छैन ।

विदेशी लगानी स्वीकृतिको लािग विभागको विघुतीय प्रणालीमा निवेदन प्राप्त भए पश्चयात त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बर सहितको निजको लगानी स्वीकृत भएको जानकारी दिइनेछ । त्यसका साथै विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विघुतीय प्रणालीबाट समते प्राप्त गर्न सकिने निर्देशक धामीले इक्विटी नेपाललाई बताए ।

Leave Your Comment

Related News