CLI
Global College

२५ इलेक्ट्रिक माइक्रोबस किन्दै साझा यातायात, पूर्व पहाडी र उपत्यकामा सञ्चालन गरिने

काठमाडौं । साझा यातायातले २५ वटा इलेक्ट्रिक माइक्रोबस किन्ने भएको छ। साझा यातायातले आज (सोमबार) २५ वटा इलेक्ट्रिक माइक्रोबस र ५ वटा इलेक्ट्रिक स्कुटर किन्न बोलपत्र आह्वान गरेको हो।

इलेक्ट्रिक बस मार्फत सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएको साझाले इलेक्ट्रिक माइक्रोबस मार्फत सेवा विस्तार गर्न खोजिरहेको छ। साझालाई इलेक्ट्रिक माइक्रोबस उपलब्ध गराउने चाहने बोलपत्र दाताले आगामी जुलाई १० भित्रमा आवेदन दिनुपर्नेछ।

इलेक्ट्रिक माइक्रोबस आपूर्तिकर्ताले ३० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर आपूतिकर्ताले ३० हजार धरौती राख्नु पर्नेछ। इलेक्ट्रिक माइक्रोबसको बोलपत्र दस्तावेजको मूल्य १० हजार रुपैयाँ र इलेक्ट्रिक स्कुटरको बोलपत्र दस्तावेजको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ।

साझाले उपत्यका भित्र र मध्यम रुटमा सेवा प्रदान गर्न इलेक्ट्रिक माइक्रोबस खरिद गर्न लागेको हो। साझाले माइक्रोबसहरु काठमाडौं उपत्यका, काठमाडौं–सिन्धुली, काठमाडौं–रामेछाप, काठमाडौं सिन्धुपालेक जस्ता मध्यम रुटमा सञ्चालन गर्ने योजना बनाएको छ।

२५ इलेक्ट्रिक माइक्रोबस मध्ये १० उपत्यका भित्र र १५ उपत्यका बाहिर सञ्चालन गरिने साझा यातायातले जानकारी दिएको छ।

Leave Your Comment

Related News