CLI

एक्कर्ड फर्मास्युटिकल्सको विशेष साधारणसभा हुँदै,हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लि.ले विशेष साधारणसभा २०८१ असार १४ गते शुक्रबार, वसेरा बुटिक होटल, बबरमहल, काठमाडौमा, दिनको १२:३० बजे लाई बोलाएको छ ।

बिशेष साधारणसभाले प्रबन्ध पत्रको दफा (६) को उपदफा (क), (ख), (ग) तथा (घ) संशोधन गर्ने बारे,  अधिकृत तथा जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर निष्काशन गर्ने , पुँजी बृद्धि, हकप्रद शेयर निष्काशन गर्ने लगायत दफा संशोधन सम्बन्धमा नियमनकारी फेरबदल, संशोधन एवं थपघट सम्बन्धी निर्देशन प्राप्त भएमा निर्देशन बमोजिमको निकायहरूबाट कुनै पनि किसिमको सम्पुर्ण अख्तियारी सञ्चालक समितिमा प्रदान गर्ने बारे छलफल गरि प्रस्ताब पारित गर्ने कम्पनीले जनाएको छ ।

विशेष साधारणसभा प्रयोजनार्थ २०८१असार १०  गते शेयरधनी पुस्तिका बन्द रहने छ भने २०८१असार ९  सम्म कायम रहने शेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

Leave Your Comment

Related News