बंगलादेशले नेपालसँग ४० मेगावट बिजुली किन्ने, प्रति यूनिट ९.२७ रुपैयाँ

काठमाडौं । बंगलादेशले नेपालसँग बिजुली किन्ने भएको छ। बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो ।

बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बिजुली किन्न चाहेको हो। यो बिजुली भारतीय भूमी हुँदा बंगलादेश निर्यात हुनेछ । यसका लागि भारतीय भूमी प्रयोग गरे बापतको शुल्क भने तिर्नुपर्ने छ।

यस्तो शुल्क ०.०५९५ रुपैयाँ हुने बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ ले लेखेको छ ।

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विजुली किन्न चाहेको छ । नेपाल भारत ढल्केबर-मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत-बंगलादेश-बरामपुर-भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ ।

अब नेपाल, भारत र बंगलादेशका नियामकीय निकायबीच त्रिपक्षीय सम्झौता गरी बिजुली निर्यात सुरु हुने बताइएको छ । सम्झौताको मिति भने अझै तय भएको छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार