SKIP THIS

NCELL

देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन हुँदै

काठमाडौं ।हेटौँडामा नवनिर्मित देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन आज हुँदैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित ४००० मेगावाट क्षमताको ४०० सय केभी विधुत प्रसारणलाईन हेटौँडा सबस्टेसन को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसन बनेपछि पुर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षा गरिएको छ । सबस्टेसनबाट हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारण लाइन जोडिने छ ।

सबस्टेसनसँगै यसमा जोडिएको प्रसारण लाइन र वितरण लाइनले विधुतको स्थानीय वितरणदेखि भारत निर्यातसम्ममा स्तरोन्नति गर्ने जनाइएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार