भारतबाट उद्योगका लागि १९ हजार मेट्रिक टन चिनी आयात खुल्ला

काठमाडौं । सरकारले औद्योगिक कच्चा पदार्थका लागि भारतबाट १९ हजार मेट्रिक टन चिनी आयात खुल्ला गरेको छ । सरकारले भारत सरकारले बिक्री गर्न लागेको चिनी मध्ये १९ हजार मेट्रिक टन चिनी नेपालका उद्योग तथा उद्योगीलाई दिन लागेको हो ।

भारतले नेपालमा बिक्री गर्न लागेको २५ हजार मेट्रिक टनबाट उक्त परिमाणको चिनी उद्योगलाई दिन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल सरकारले २५ हजार मेट्रिक टन चिनी आयात गर्न लागेको हो त्यसमध्ये १९ हजार मेट्रिक टन भने इच्छुक उद्योग तथा उद्योगीले लिन सक्ने मन्त्रालयका प्रवक्ता चण्डी प्रसाद घिमिरेले जानकारी दिए ।

चिनी आयातका लागि भने उद्योगले वार्षिक खपत परिमाण, गत वर्षको खपत परिमाण, आयात गर्न इच्छुक परिमाण र उद्योग सञ्चालनमा रहे÷नरहेको जानकारी गराउनु पर्ने छ ।

इच्छुक उद्योग तथा उद्योगीले चिनी निर्यात अनुमति कोटा मध्ये आफुलाई आवश्यक परिमाणको लागि उद्योग विभाग समक्ष आवदेन दिन सक्ने छन् । इच्छुक उद्योगले असार ९ गते भित्र विभागमा आवेदन दिनु पर्ने हुन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार