प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्ने बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्बन्धि सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआईसी एशिया क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्‍याउन ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । जसअनुसार कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद शेयर  निष्कासन गर्ने छ ।

हाल  कम्पनीले ६० भन्दा बढी शाखा तथा उपशाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार