५ अर्बको हकप्रद सेयर आउँदै

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीको ५ अर्ब रुपैयाँ भन्दा बढीको हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको छ । बोर्डले ६ वटा कम्पनीको ५ करोड ४५ लाख ४८ हजार ८ सय ८ कित्ता बराबरको ५ अर्ब ४५ करोड ४८ लाख ८० हजार ८ सय रुपैयाँ मूल्य बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

त्यस्तै बोर्डद्धारा अनुमति प्राप्त गर्ने ६ वटा कम्पनीहरुमा घलेम्दी हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी, नारायणी विकास बैंक, रिद्धी पावर कम्पनी र हिमालय उर्जा विकास कम्पनी रहेको छ । घलेम्दीले १ः२, रिद्धीले १ः०५ र बाँकी सिंगटी, अरुण,नारायणी र हिमालले भने १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् । घलेम्दीले १ करोड १० लाख कित्ता, सिंगटीले १ करोड ४५ लाख कित्ता, नारायणीले २६ लाख २४ हजार ६ सय ७६ कित्ता, अरुणले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता, रिद्धीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता र हिमालय उर्जाले ९९ लाख कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । घलेम्दीले १ अर्ब १० करोड रुपैयाँ, सिंगटीले १ अर्ब ४५ करोड रुपैयाँ, नारायणीले २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ, अरुणले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ, रिद्धीले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ र ९९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

बोर्डका अनुसार शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा घलेम्दीले मुक्तिानथ क्यापिटल, सिंगटीले कुमारी क्यापिटल, नारायणीले ग्लोबल आइएमइ क्यापिटल, अरुणले मुक्तिनाथ क्यापिटल, रिद्धीले मुक्तिनाथ क्यापिटल र हिमालय उर्जाले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेका छन् ।पछिल्लो सयम हिमालय उर्जाले हकप्रद शेयर निष्काशनको लागि अनुमति मागे सँगै हकप्रद शेयरको संख्या र रकममा वृद्धि भएको बोर्डले जनाएको छ । हकप्रद शेयरका लागि माथिका कम्पनीहरुले फरक फरक समयमा बोर्ड समक्ष आवेदन पेश गरेका थिए । हकप्रद शेयर निष्काशनका लािग अनुमाति माग गरेको लामो समय भए पनि बोर्डमा अध्यक्ष नियुक्त नहुदाँ समस्या भएको थियो । पछिल्लो समय भने अर्थ मन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानालाई बोर्डको अध्यक्षको जिम्मेवारी दिए सँगै शेयर निष्कासनको लागि अनुमति प्रदान गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार