काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अगाडि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
यस अघि सरकारले बार्ड अध्यक्षका लागि प्रक्रिया सुरु गरेर अन्तरवार्ता र प्रस्तुतिकरणका लागि छनौट भएका ५ मध्ये ३ जना सहभागी नभएको भनि प्रक्रिया रद्द गरेर पुन प्रक्रिया सुरु गरेकोमा अगाडि बढेको प्रक्रिया रद्द नगर्न र पुन छनौट प्रक्रिया अगाडी नबढाउन सर्वोच्च अदालतले अल्पकालिन आन्तरिम आदेश जारी गरेको हो ।
सरकारले गरेको अध्यक्ष छनौट प्रक्रियामा सहभागी भएर सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने सरकारको कदम विरुद्द सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, सिफारिस समिति बिरुद्द रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा सुनुवाई भएको थियो ।