४७ अंकले बढ्यो सेयर बजार, २ पटक सर्किट लागेको नेप्सेमा सम्पूर्ण समूह हरियो

काठमाडौं । सरकार परिवर्तनको तयारी सँगै सेयर बजार हरियाली देखिएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९४ अंकले बढेर ३७०.०१ विन्दुमा पुगर बन्द भएको छ । २.२९ प्रतिशतले बढेको सेयर बजार मंगलबार नेप्सेमा दोस्रो सर्किट लागेको थियो । बजार खुलेको २ मिनेटमा पहिलो सर्किट लागेको थियो भने पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढे पश्चयात दोस्रो सर्किट लागेको हो ।

मंगलबार ३१५ वटा कम्पनीको १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबर करोबार भयो ।
मंगलबार बजार पूँजीकरण रकम भने ३३ खर्ब ३० अर्ब ६६ करोड ८ लाख रुपैयाँ रह्यो ।

मंगलबार समूह परिसूचक १३ वटा मध्ये शतप्रतिशत समुहको सेयर बढेको छ । बैकिङ ३३.०८, विकास बैंक ८१.५८, वित्त ५०.९६, होटल र पर्यटन ५७.८०, जलविद्युत ४६.५३, लगानी १.७४, जीवन बीमा २१३.३६, उत्पादन र प्रशोधन २०९.८०, लघुवित्त ६५.२४, म्युअुचल फन्ड ०.०६, निर्जीवन बीमा २५३.९९, व्यापार ८८.५६ र अन्य समूह २७.६६ अंकले बढको छ ।

मंगलबार सबैभन्दा बढी करोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, गुडवील फाइनान्स लिमिटेड, युनाइटेड मार्दी हाइड्रोपावर, हिमालय रिइन्स्योरेन्स र हिमालय डिष्ट्रीलरी लिमिटेड रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको १२ करोड ३३ लाख रुपैयाँ, गुडवील फाइनान्स लिमिटेडको ११ करोड १० लाख रुपैयाँ, युनाइटेड मार्दी हाइड्रोपावरको १० करोड ६९ लाख रुपैयाँ, हिमालय रिइन्स्योरेन्सको १० करोड ५२ लाख रुपैयाँ र हिमालय डिष्ट्रीलरी लिमिटेडको १० करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलबार हिमालयन डिष्ट्रलरी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी र सनराइज ब्लुचीप फण्डका सेयर मूल्य बढयो । हिमालयन डिष्ट्रलरी लिमिटेडको १२४६ रुपैयाँ, समाज लघुवित्त वित्तीय संस्थाको २७८० रुपैयाँ, गुडविल फाइनान्सको ६४५ रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको १४५ रुपैयाँ ६० पैसा र सनराइज ब्लुचीप फण्डको ८ रुपैयाँ २६ पैसा सेयर मूल्यमा कारोबार भयो ।
त्यस्तै उपकार लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास लिमिटेड, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर, प्रभु बैंक डिबेन्चर र बिन्दबासिनी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीका सेयर मूल्य घट्यो । उपकार लघुवित्त वित्तीय संस्थाको १८१५ रुपैयाँ ६० पैसा, हिमालयन उर्जा विकास लिमिटेडको २८१ रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट डिबेन्चरको १०७८ रुपैयाँ, प्रभु बैंक डिबेन्चरको १०६५ रुपैयाँ र बिन्दबासिनी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको ५७६ रुपैयाँ २० पैसा मूल्यमा सेयर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार