CLI

नुनको भाउ बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको भाउ बढाएको छ। अत्याधिक घाटा बढेसँगै नुनको भाउ बढाइएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार आयो नुनको उपभोक्ता मूल्य प्रति किलोग्राम २६ रुपैयाँ पुर्याइएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने कम्पनीले जानकारी दिएको छ। हालसम्म उपभोक्ताले प्रति किलोग्राम २२ रुपैयाँमा आयो नुन किन्दै आएका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनका साथ न्यु शक्ति र भानु नुन पनि बेच्दै आएको छ। न्यु शक्तिको मूल्य २० रुपैयाँ र भानु नुनको मूल्य ९ रुपैयाँ पुर्याइएको छ।

साल्ट ट्रेडिङलाई एक प्याकेट नुनको लागत २८ रुपैयाँ पर्छ। यस अघि आठ वर्ष अघि साल्ट ट्रेडिङले नुनको मूल्य बढाएको थियो।

Leave Your Comment

Related News