१९ हजार मेट्रिक टन चिनी आयात गर्न दिदै सरकार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने भएको छ । मन्त्रालयले १९ हजार मेट्रिक टन चिनी १० वटा उद्योगीहरुलाई आयात गर्न दिन लागेको हो । औद्योगिक कच्चा पदार्थको लागि प्रयोग गर्नका लागि मात्र सरकारले चिनी आयातको लागि खुल्ला गरिएको हुदाँ आवश्यक पर्ने उद्योगहरुलाई आवेदन दिन आग्रह गरिएको उद्योग विभागका निर्देशक अर्जुन सेन ओलीले इक्विटी नेपाललाई बताए । ‘२५ हजार मेट्रिक टन चिनी आयातको लागि खुल्ला गरिएकोमा ६ हजार मेट्रिक टन चिनी आयात भइसकेको छ बाँकी १९ हजार मेट्रिक टन चिनी आयात गर्नका लागि अनुमति प्रदान गरिएको हो,’ ओलीले इक्विटी नेपालसँग भने ।

चिनी आयातको लागि छनौट गरिएको उद्योगहरुमा एग्रो थाई फुड्स प्रा.लि ललितपुर– ६, गुडलाइफ बेभरेज प्रा. लि सोनापुर, सुनसरी,  एशियन विस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. दुहवी, सुनसरी
, क्वालिटी फुड (नेपाल) प्रा. लि. दुहवी, सुनसरी, क्वालिटी फुड एण्ड स्न्याक्स ईण्डष्ट्रिज प्रा.लि. दुहवी, सुनसरी, क्वालिटी कन्फेक्सनरी प्रा. लि. दुहवी, सुनसरी, क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस् प्रा.लि. दुहवी, सुनसरी, शिवम डेरी एण्ड फुड इण्डष्ट्रिज प्रा.लि. विराटनगर, मोरङ्ग, के. आर. एस. भेन्चर्स प्रा. लि. भद्रपुर, झापा र सुजल फुड्स प्रा. लि.पोखरा, कास्की हुन् । छनौट सँग ती उद्योगहरुले विभाग समक्ष चिनी आयातको लागि आवेदन दिनुपर्ने हुन्छ ।

१० वटा उद्योगहरुले औद्योगिक कच्चा पदार्थका लागि आयात गर्न लागिएका चिनी भारत सरकारले नेपालको लागि तोकिएको कोटा अन्तर्गत हो । भारतबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिमको चिनी औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगहरुले मात्र चिनी आयात गर्न सक्ने मन्त्रालयले जनाएको छ । यसमा उद्योग विभागले सहजीकरण गर्न लागेको हो । चिनी आयात नभएमा कन्फेसनरी उद्योगहरु सञ्चालन हुन नसक्ने अवस्थामा पुग्ने हुदाँ यसलाई सहज बनाउन लागिएको हो । चिनीको अभाव भएमा उद्योगको उत्पादनमा कमी ल्याउन पर्ने हुदाँ औद्योगिक वातावरण समेत बिग्रन अवस्था आउने हुदाँ यसलाई सहज बनाउनु पर्ने उद्योगीहरु बताउछन् । साथै चाडवाड नजिक गर्दै सरकारले बजारमा समेत चिनीको सहज उपलब्ध गराउनु पर्ने जिम्मेवारी रहेको छ । चाडवाडमा चिनीको खपत बढ्ने हुदाँ आयातमा सहजीकरण गर्नुपर्ने देखिन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार