१४ अर्बको कारोबार हुदाँ यी हुन् २० वटा सबैभन्दा बढी कारोबार हुने कम्पनी

काठमाडौं ।  सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९० अंकले घटेर ४४८.७८ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३०९ वटा कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँ रह्यो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, कुमारी बैंक लिमिटेड, सीइडीबी हाइड्रोपावर र हिमालयन डिष्ट्रलरी लिमिटेड रह्यो । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख रुपैयाँ, शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँ, कुमारी बैंक लिमिटेडको २८ करोड १८ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावरको २५ करोड ६३ लाख रुपैयाँ र हिमालयन डिष्ट्रलरी लिमिटेडको २४ करोड ९९ लाख रुपैयाँ बराबर कारोबार भयो ।
सोमबार सर्वाधिक कमाउने कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्कित लाग्दा नेपाल फाइनान्सको ९ प्रतिशत, एनएमबी इन्भेष्टमेन्ट फन्ड २ को ८ प्रतिशत, छयाङ्दी हाइड्रोपावरको ८ प्रतिशत र बलेफी हाइड्रोपावरको ७ प्रतिशतले सेयर मूल्य बढेको हो । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा सिकलेस हाइड्रोपावरको ९ प्रतिशत, एनआइसी एशिया डिबेन्चरको ४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत र सानिमा डिबेन्चर २०८९ को ४ प्रतिशतले सेयर मूल्य घटेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार