RE
Global College

झापा-३ बाट रास्वपाका पाठक विजयी

भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । उनले ३८ हजार ६७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४, नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरेले आठ हजार १९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हरिबहादुर राजवंशीले सात हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले सात हजार ३३९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कूल एक लाख ४० हजार ८५७ मतदाता रहेकामा ८८ हजार ५६१ मत खसेको थियो ।

NECO

Leave Your Comment

Related News