२५६३ अंकमा पुग्यो नेप्से पुग्दा यी हुन् २० वटा सबैभन्दा बढी कारोबार भएका कम्पनी

काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यो साताको पहिलो दिन आइतबारदेखि बढेको सेयर बजार मंगलबार पनि बढेको हो ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने पनि १०.४० अंकले बढेर ४५९.१९ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार २२० वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३१७ वटा कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ रह्यो । मंगलबार बजार पूँजीकरण रकम ४० खर्ब ६७ अर्ब ४२ करोड १५ लाख रुपैयाँ रह्यो ।

मंगलबार समूह उपसूचकहरु मध्ये शतप्रतिशत समूहको सेयर मूल्य बढेको छ । बैकिङ ३३.४१, विकास बैंक १४६.४७, वित्त ७१.५३, होटल र पर्यटन २०१.०४, जलविद्युत १२२.५२, लगानी ३.४९, जीवन बीमा ५१८.९९, उत्पादन र प्रशोधन २८४.८३, लघुवित्त ७२.७५, म्युअुचल फन्ड ०.२३, निर्जीवन बीमा ५२५.०७, व्यापार १८६.२३ र अन्य समूह ३२.५७ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा शिवम सिमेन्ट, अपि पावर कम्पनी, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुगाँ डभेलपमेन्ट बैंक र ङदी ग्रुप पावर रह्यो । शिवम सिमेन्टको २४ करोड ६९ लाख रुपैयाँ, अपि पावर कम्पनीको २४ करोड २६ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँ, साइन रेसुगाँ डभेलपमेन्ट बैंकको २१ करोड ५६ लाख रुपैयाँ र ङदी ग्रुप पावरको २० करोड १९ लाख रुपैयाँ बराबर कारोबार भयो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार