२७ अंकले घटेको नेप्सेमा करोबार रकम भने उच्च

काठमाडौं । अप्राकृतिक मानिएको मुलुकको सेयर बजार बुधबार ‘करेक्सन’ भएको छ । ‘करेक्सन’ भएको बजारमा नेप्से घट्दा कारोबार रकम भने उच्च नै रहेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार ३११ वटा कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ रह्यो ।त्यस्तै बजार पूँजीकरण रकम भने ४० खर्ब २४ अर्ब ६ करोड ६३ लाख रुपैयाँ रह्यो ।

बुधबार समूह उपसूचकहरु मध्ये २ वटा उपसमूहको सेयर मूल्य बढ्दा बाँकी ११ वटा उप समूहको सेयर मूल्य घटेको छ । वित्त ३३.८१ र होटल र पर्यटन ८.५९ समूह बढ्दा बैकिङ १७.४२, विकास बैंक २८.९३, जलविद्युत ५०.४३, लगानी ०.७८, जीवन बीमा ३८.१२, उत्पादन र प्रशोधन ९७.२३, लघुवित्त ७१.४४, म्युअुचल फन्ड ०.१६, निर्जीवन बीमा १८.६२, व्यापार ११९.५२, र अन्य समूह ३६.३९ अंकले घट्यो ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, अप्पर तामाकोशी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी र सानिमा जनरल इन्स्योरेन्स लिमिटेड रह्यो । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३४ करोड २२ लाख रुपैयाँ, अप्पर तामाकोशीको २९ करोड ४७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २३ करोड १३ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको २२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार सर्वाधिक कमाउनेमा बोर्टलर्स नेपाल (तराई) लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड, चन्द्रागिरी हिल्स , समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी गुमाउनेमा चिरखुवा हाइड्रोपावर लिमिटेडको ८ प्रतिशत, सुप्पर मार्दी हाइड्रोपावरको ६ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ६ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ६ प्रतिशत र सिटिजन्स सुप्पर ३० म्युअुचल फन्डको ६ प्रतिशतले शेयर मूल्य घट्यो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार