नेपालबाट विदेशी लगानीकर्ताले २७ अर्ब ६ करोड मुनाफा लगे

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालबाट उच्च नाफा लैजान सफल भएका छन् । विदेशी लगानीकर्ताहरुले यहाँको उद्योग तथा व्यवसायामा लगानी गरेपश्चयात प्राप्त गरेका लाभांश वा मुनाफावापत् २७ अर्ब रुपैयाँ लगेका छन् । विदेशी लगानीकर्ताले पछिल्लो २४ महिनाको अवधिमा २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ लाभांश रकम लगेका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को साउन देखि असारमसान्तको अवधिमा उक्त लाभांश रकम लगेका हुन् । गत आर्थिक वर्ष २०७९÷८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ र चालु आर्थिक वर्ष २०८०÷८१ मा १० अर्ब २९ करोड ४५ लाख रुपैयाँ लाभांश रकम लगेका हुन् ।

विभागले आर्थिक वर्ष २०७९÷८० को साउनमा ९ करोड ४३ लाख, भदौमा ८ करोड ६८ लाख रुपैयाँ, असोजमा १ अर्ब ३ करोड ५५ लाख रुपैयाँ, कार्तिकमा १ अर्ब ७५ लाख रुपैयाँ, मंसिरमा ८ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ, पुसमा ८ करोड ३७ लाख रुपैयाँ, माघमा २ अर्ब १७ करोड २८ लाख रुपैयाँ ,फागुनमा २८ करोड ८१ लाख रुपैयाँ, चैतमा ३ अर्ब १४ करोड ५३ लाख रुपैयाँ, वैशाखमा १ करोड ८६ लाख रुपैयाँ, जेठमा ३ करोड २४ लाख रुपैयाँ , असारमा १ करोड ९२ लाख रुपैयाँ लभांश वितरण गरिएको छ । त्यस्तै विभागले आर्थिक वर्ष २०८०÷८१ को साउनमा २० करोड ३० लाख रुपैयाँ , भदौमा ४ करोड ७६ लाख रुपैयाँ , असोजमा १ करोड १४ लाख रुपैयाँ कार्तिकमा १ अर्ब ९ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ, पुसमा ८ करोड ७३ लाख रुपैयाँ , माघमा ६ अर्ब ९७ करोड रुपैयाँ, फागुनमा ५१ करोड १८ लाख रुपैयाँ, चैतमा ३ करोड ३ लाख रुपैयाँ, वैशाखमा २४ करोड १७ लाख रुपैयाँ र जेठमा ६८ करोड २३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ ।

विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंह धामीले लगानीको प्रतिफलस्वरुप विदेशी लगानीकर्ताले लाभांश लैजाने गरेको बताए । लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका हुन् । उनीहरुले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्राउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङकन गर्न भने राष्ट्र बैंकमार्फत् गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटा भन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बङ्गलादेश लगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । यता लगानी प्रतिवद्धता जनाउनेमा भने चीन, भारत,हङकङ, अमेरिका , बेलायत लगायतका दर्जनबढी मुलुक रहेका छन् ।

त्यस्तै, विदेशी लगानीकर्ताले लगानी पश्चयात लाभांश लैजाने मात्र नभई यहाँको नियम अनुरुप विभिन्न दस्तुरहरु बुझाएको पाइन्छ । विभागले गत आर्थिक वर्षको असारमसान्तसम्म २ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाइएको छ । जेठमसान्तसम्म २ अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपैयाँ र वैशाखमसान्तसम्ममा भने १ अर्ब ९९ करोड ४९ लाख ९५ हजार रुपैयाँ राजस्व उठाइएको विभागले जनाएको छ । यसैबीच विभागले प्रत्येक महिना करिब २ करोड रुपैयाँ देखि करिब ६० करोड रुपैयाँ बरारबर राजस्व संकलन गर्दै आएको छ । विभागले लाभांश वितरण राजस्व संकलनका साथै उद्योगको शेयर खरिद सम्झौता (एसपिए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरु गरेको छ । गत आर्थिक वर्ष असारमसान्तसम्ममा ६२ वटा उद्योगको लागि ११ अर्ब ६५ करोड ६८ लाख ३९ हजार रुपैयाँ बराबरको शेयर खरिद सम्झौता (एसपिए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । गत आर्थिक वर्षको असारमसान्तसम्मको अवधिमा ५६ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टिटिए) गरिएको छ । विदेशी लगानीकर्ताहरुले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐन अनुरुप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे सकेपछि आफनो लगानीको शेयर वा उद्योग पूर्ण वा आंशिक रुपमा बिक्री गरी कर चुक्ता गरी आफनो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरुले लगानी गरेको सोहि विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रमा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजाने सक्ने निर्देशक धामीले बताए । लाभांश लैजान भने राष्ट्र बैंकमा लेखाङकन गर्नु अनिवार्य छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार