आरती पावर कम्पनीको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने प्रस्ताब

काठमाडौं । आरती पावर कम्पनी कम्पनीले साउन ३२ गते काठमाण्डौं टोखा नरपालिकाकको पारिजात पार्टी प्यालेसमा आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको छ ।

साधारणसभाले वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्न , आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव माथि छलफल गरी पारित गर्ने छ । यो कम्पनीको भोजपुरमा १४.५ मेगावाट क्षमताको अपर इर्खुवा जलविद्युत आयोजना निर्माणाधिन रहेको छ ।

कम्पनीको साधारणसभाको  बिशेष प्रस्तावका रुपमा कम्पनीको शेयर पुँजीको समुहगत वर्गीकरण संसोधन गर्न कम्पनीको प्रवन्धपत्रको दफा ६ को उपदफा घ संसोधन गर्ने, कम्पनीको नियमालीको नियम २७ बमोजी संचालक समिति चयन गर्ने  रहेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार