साताको बजार : नेप्से निरन्तर बढ्दा करोबार रकम ७३ अर्ब बढी

काठमाडौं । सेयर बजार निरन्तर बढ्दा सेयरका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । यो साता कारोबार रकममा २० अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता कुल कारोबार रकम ७३ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ रहयो । जुन गत साता भन्दा २० अर्ब ५१ करोड ८० लाख रुपैयाँले बढी हो । गत सातामा ५३ अर्ब ९ करोड ८६ लाख रुपैयाँ कारोबार रकम थियो ।

कारोबार रकम वृद्धि सँगै यो साता कारोबार भएको सेयर कित्ता संख्या समेत बढेको छ । यो साता १९ करोड ७० लाख ८३ हजार शेयर कित्ता कारोबार भएको छ । जुन अघिल्लो साताको तुलनामा ५ करोड २९ लाख ८ हजारले कित्ताले बढी हो । गत साता १४ करोड ४९ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको थियो । यो साता बजार पूँजीकरण रकम ४० खर्ब ७४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । जुन गत साता भन्दा २ खर्ब २८ अर्ब रुपैयाँले बढेको हो । गत साता ३८ खर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।

नेप्से परिसूचक यो साता २५६८.१३ अंकमा पुगेको छ । जुन गत साता भन्दा १४३.८१ अंकले बढी हो । गत साता २४२४.३२ अंकमा पुगेर नेप्से बन्द भएको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स यो साता ४६०.३४ अंकमा पुगेर बन्द भएको थियो । जुन अघिल्लो साताको तुलनामा २३.९१ अंकले बढी हो । अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ४३६.१८ अंकमा पुगेर बन्द भएको थियो ।

 

यो साता अधिकांश समूह परिसूचकहरु बढेका छन् । गत साताको तुलनामा यो साता बैकिङ १.१२ प्रतिशत, विकास बैंक २.८२ प्रतिशत, वित्त ७.३६ प्रतिशत, होटल र पर्यटन ७.८५ प्रतिशत, जलुविद्युत ५.४६ प्रतिशत, लगानी ४.४९ प्रतिशत, जीवन बीमा ६.५८ प्रतिशत, उत्पादन र प्रशोधन ८.७४ प्रतिशत, लघुवित्त ७.९७ प्रतिशत, म्युअुचल फण्ड ३.४१ प्रतिशत, निर्जिवन बीमा ७.९४ प्रतिशत , व्यापार ११.६७ प्रतिशत र अन्य समूह ४.३ प्रतिशतले बढेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार