SKIP THIS

NCELL

एनआईसी एशिया बैंकले सुर्याज्योती लाईफ इन्स्योरेन्समा रहेको शेयर बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ९२ हजार ३९४ कित्ता  संस्थापक शेयर बिक्री गर्न लागेको छ ।

एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता शेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको शेयरमा कम्पनीका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले साउन १८ गतेसम्म बोलकबोलको आधारमा  बोलपत्र पेस गर्न सक्नेछन् ।

शेयर खरिद कर्ताले न्यूनतम मूल्य १७१ रुपैयाँमा बिलकबोल गर्नु पर्नेछ  ।

लगानीकर्ताले बोलकबिल गर्दा न्यूनतम ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । अधिकतम पुरै खरिद गर्न सकिनेछ।

इच्छुक खरिदकर्ताले बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर तथा थापाथलीमै रहेको एनआईसी एशिया क्यापिटलमा आबेदन दिन सक्नेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार