बुधबार सबैभन्दा बढी कारोबार हुने यी हुन् २० कम्पनी

काठमाडौं । बुधबार नेप्से सँगै कारोबार रकम समेत बढेको छ । साताको तेस्रो दिन बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.६५ अंकले बढेर ४९६.०३ विन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार ३३२ वटा कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २ लाख ३८ हजार २७२ पटक करोबार हुदाँ कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँ रह्यो । बजार पूँजीकरण रकम भने ४३ खर्ब ८० अर्ब ७७ करोड ११ लाख रुपैयाँ रह्यो ।

बुधबार १३ वटा समूह सूचकको सेयर मूल्य बढेको छ । बैकिङ १६.२७, विकास बैंक १६९.६७, वित्त २६२.२२, होटल र पर्यटन २०८.७२, जलविद्युत ६९.७२, लगानी ६.८९, जीवन बीमा २६४.७०, उत्पादन र प्रशोधन १४१.४६, उत्पादन ३४.३९, म्युअुचल फण्ड ०.२७, निर्जीवन बीमा २४३.६२, व्यापार १०१.७९ र अन्य ७९.९३ अंकले बढेको छ ।

त्यस्तै बुधबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल लिमिटेड, शिवम सिमेन्ट, नेपाल फाइनान्स र अपी पावर कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ८४ करोड ४९ लाख रुपैयाँ, माउन्टेन इनर्जी नेपाल लिमिटेडको ४१ करोड ९ लाख रुपैयाँ, शिवम सिमेन्टको ४० करोड २६ लाख रुपैयाँ, नेपाल फाइनान्सको ३८ करोड ९४ लाख रुपैयाँ र अपी पावरको ३७ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार