RE
Global College

बारा ४: एमालेका किसान श्रेष्ठलाई चौबर बढी मतान्तरले हराउँदै रास्वपाका  रहबर विजयी

काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी निर्वाचित भएका छन्।

केहीबेरअघि निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणाम अनुसार अन्सारीले ४१ हजार २ सय मत पाएका छन्।

एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत पाए। यस्तै जनता समाजवादी पार्टीका सञ्जु शाहले ७ हजार ५ ९३ मत पाएकी छन्।

माओवादीका केन्द्रीय सदस्य रहेका अन्सारीले मधेस प्रदेश सभाबाट राजीनामा दिँदै माओवादी छोडेका थिए। उनी प्रतिनिधि सभा चुनावताका पार्टी छोडेर रास्वपा प्रवेश गरेका हुन्।

किसान श्रेष्ठ भने निर्वाचनअघि माधव नेपाल नेपालको साथ छाडेर ओलीतिर लागेका नेता हुन्।

NECO

Leave Your Comment

Related News